नारायण नगरपालिका वडा न. ६ मा आज किशोर र वयस्क पुरुषविच अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
आवाज सस्था, सशक्त महिला समृद्ध नेपाल अन्तर्गत सकारात्मक लैङ्िगक मापदण्डहरुको प्रवर्द्धन, लैङ्िगक हिंसाको रोकथाम र यसका सेवाहरुको पहुँच अभिवृद्दि परियोजनाको आयोजनामा भएको सो कार्यक्रममा सहभागि किशोर र वयस्क पुरुषहरुलाई प्रशिक्षक कर्ण वहादुर खत्रीले दुईवटा उमेर समुहका व्यक्तिहरुलाई एकैठाउमा राखेर अन्तर सम्वाद गर्दा समाजमा हुने जुनसुकै हिंसा न्युनिकरणमा सहयोग पुग्ने भएकाले यसप्रति साझा धारणा विकास गर्न खोजिएको जानकारी दिए ।
सो कार्यक्रममा वडा न. ६ का वडा सदस्य कृष्णप्रसाद सुवेदीले समाजमा हुने जुनसुकै हिंसा र हानिकारक अभ्यासलाई रोक्न घर घरवाट शुरु गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहभागीहरुले समाज परिवर्तनमा यस्ता खालका कार्यक्रम महत्त्वपूर्ण भएको भन्दै हरेक व्यक्तिहरु साथ र सहयोग आवश्यक भएको भन्दै आगामी दिनमा हिंसा अन्त्यका लागि अगाडि वढ्ने मत राखेका थिए ।
वडा कार्यालयमा आयोजना गरिएको सो कार्यक्रममा ५ जना महिला र ५१ जना पुरुष सहभागी भएका थिए ।