☰ open Loading... 28 February 2025|  

दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी २८ जनालाई तालिम
पश्चिम नेपाल   | १२ फाल्गुन २०८१, सोमबार ०६:२८

दैलेख- दैलेखमा नमुना झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम दिएको छ । पुर्वाधार बिकाश कार्यालय दैलेखको आयोजनामा जिल्लामा २८ जनालाई उक्त तालिम प्रदान गरिएको हो ।

कर्णाली प्रदेश सरकारको लगानी तथा ग्रामीण विकास सेवा केन्द्र (आरडीएससी)को सहकार्यमा तालिमको प्रदान गरिएको आरडीएससीका कार्यक्रम संयोजक नविनकुमार शर्माले जानकारी दिए ।२०८२ असार १५ सम्म योजनाहरु सम्पन्न गर्ने लक्ष्य राखेर झोलुङ्गे पुल निर्माणका लागि दैलेख सदरमुकाममा फागुन ४ गतेदेखि ८ दिनको झोलुङ्गे पुल निर्माण सम्बन्धी  तालिम प्रदान गरिएको उनले बताए ।

दैलेखका ८ ठाउँमा झोलुङ्गे पुल बन्ने भएका छन् ।आठबीस नगरपालिका–१ चिनेखोलामा लयाँटा–झुज, वडा नं ९ को छेपाडी र भकभके भन्ने ठाउँमा एक–एक वटा झोलुङ्गे बन्नेछन् । महाबु गाउँपालिका–३ बाँसीको तिपेडीमा पनि झोलुङ्गे पुल बनाइँदैछ ।

यस्तै भैरबी गाउँपालिका–४ र चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ जोड्ने गडाजिउलामा पनि एउटा झोलुङ्गे पुल बन्ने भएको छ । नारायण नगरपालिका–१० भवानीमा त्रिबेणी दोभान, डुङ्गेश्वर गाउँपालिका–३ हनेटा र ठाँटीकाँधको लहरे सुइँयाँमा यो असार १५ गते अगावै झोलुङ्गे बनाई सक्ने योजना छ ।

तालिम संगै जनशक्ती उत्पादन काममा थप सहज हुने तालिममा सहभागी कृष्णकला कठायतले बताइन् ।उनले भनिन् सबैले तालिममा सिकेका कुरा ब्यवहारमा उर्तानु पर्ने र यो जस्तो व्यवहारीक तालिम जिवनमा केही नहुने बताइन् ।