☰ open Loading... 4 November 2025|  

बढ्यो सुनचाँदीको मूल्य
पश्चिम नेपाल   | १२ फाल्गुन २०८१, सोमबार १४:४९

सुनचाँदीको मूल्य बढेको छ। आजको सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।

आइतबार प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।