अछामको पन्चदेवल विनायक नगरपालिका – ९ र दैलेखको आठविस नगरपालिका खिड्कीज्यूला जोड्ने झुलुङ्गे पुलको अनुगमन गरिएको छ । खच्चड हिड्दाँ भार थाप्न नसकेर चुडिएको पुलको अनुगमन गरिएको हो ।
पुल चुडिएपछि पुन निर्माण भएपछि दिनहुँ जोखिम मोलेर त्यही पुलबाट विद्यार्थी र स्थानीय हिड्न थालेसंगै सरोकारवाला निकायले अनुगमन गरेको हो । अनुगमनमा दैलेखको आठबिस नगरपालिका रहेकोको नयाँ शहर आयोजना राकम कर्णालीका प्रमुख प्रवेशराज लामिछाने र ईलाका प्रहरी कार्यालय राकम कर्णालीका ईन्चाज सुर्य बहादुर कार्की र ईलाका प्रहरी कार्यालय कालेगाडा अछामका प्रहरी सहायक निरीक्षक राम सिंह फरालसहितको टालीले पुलको अनुगम गरेको हो ।
जीर्ण भएको पुलमा अछामबाट दैलेख आउने र दैलेखबाट अछाम जाने स्थानीयहरु आवगमन गर्ने गरेको तत्काल आवागमन कसरी रोक्ने तथा पुल पुननिर्माण कसरी गर्ने विषयमा अनुमगन गरिएको थियो । अनुमगनमा तत्काल सुरक्षित यात्रा कसरी गराउने भन्ने विषयमा सुरक्षा निकायसहित सरोकारवाला निकायविच छलफल भएको थियो । पुल चुडिएपछि भएको समस्यालाई समाधान गर्न सम्वन्धित निकायविच छलफल भएको छ । चुडिएको पुलबाट आउजाउ रोकी पुननिर्माणका लागि माथिल्लो निकायसंग छलफल गर्ने विषय अघि बढाउने ईलाका प्रहरी कार्यालय राकम कर्णालीका प्रमुख सुर्य बहादुर कार्कीले बताए ।
त्यस्तै नयाँ शहर आयोजना राकम कर्णालीका प्रमुख प्रवेशराज लामिछानेले स्थानीय पुर्वाधार विकास आयोजना सुर्खेत र जिल्ला प्रशासन कार्यालय दैलेखसंग समन्वय भईरहेको र केही दिनमै पुल निर्माणबारे टुंगो लाग्ने बताए ।