☰ open Loading... 6 May 2025|  

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज
पश्चिम नेपाल   | १३ फाल्गुन २०८१, मंगलवार ०९:५६

नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए।

अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानुपरिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राखे। यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए।

अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानुपरिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राखे। यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालको शिक्षा नीतिमा नै त्रुटि रहेजस्तो लाग्छ मलाई। विदेशमा जस्तो पढ्ने पनि काम गर्ने पनि प्रणाली नेपालमा पनि लागु गर्नुपर्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘एजुकेसनलाई पढाइ र गराइमा समन्वय गरिएन भने अप्ठ्यारो अवस्था आउँछ । शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ।’शिक्षाको नीति र पाठ्यक्रमलाई परिवर्तन गरेर पढाइसँगै रोजगारीलाई अगाडि बढाउन सके धेरै नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उनको विश्वास छ। अबको १० वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताए।
‘अबको १० वर्षमा हामीले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं। हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उनले भने। नेपालमा पर्यटन, कृषि, प्रविधिलगायत धेरै कुराले फड्को मार्ने अवस्था रहेकाले युवा जनशक्तिलाई अवसरै अवसर रहेको उनको भनाइ थियो।

‘हाम्रै छिमेकी देशमा महाकुम्भ चलिरहेको छ। धार्मिक पर्यटनबाट फाइदा हुन्छ भनेर हामीले बताउन सकेका छैनौं,’ उनले भने।
नेपालमा पनि धार्मिकसँगै पर्यटनका अन्य क्षेत्रलाई स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए। प्रविधिको प्रयोगबाट नेपालीहरूले राम्रो आम्दानी गरिरहेको औल्याउँदै नेता कोइरालाले भने, ‘के हामीले नेपालगन्जमा बसेर त्यो काम गर्न सक्दैनौं र ?’
राजनीतिकर्मीका कमीकमजोरीका कारण युवा पिँढीले उनीहरूलाई विश्वास गर्न नसकेको उनले बताए। ‘हामी राजनीतिकर्मीका कमीकमजोरी पनि छन्। हामीले आशा जगाउन सकेका छैनौं। हामी जनता, युवा, विद्यार्थी, नागरिकप्रति जवाफदेही, उत्तरदायी, पारदर्शी छैनौं। त्यसैले सुशासन छैन भनेर तपाईंहरूले भनिरहनुभएको छ, म स्विकार्छु। अब हामीले बनाउनुपर्‍यो, गर्नुपर्‍यो।’
चारैतिर लथालिंग स्थितिमा रहेको अवस्थामा देशलाई बनाउने जिम्मा युवाहरूको हातमा रहेको डा. कोइरालाले जोड दिए।
‘तपाईंहरूजस्ता युवाको बलमा देश बनाउने हो। तपाईंहरू नै देश छाडेर जानुभयो भने देश कसले बनाउने ? यी सबै कुरालाई हामीले नीतिमा परिवर्तन गर्नुपर्छ। राजनीतिज्ञमा परिवर्तन आउनुपर्छ। हामीमा परिवर्तन आउनुपर्छ। तपाईंहरूमा परिवर्तन आउनुपर्छ,’ उनले भने।
‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने सोच सबैमा जाग्नुपर्ने उनले जोड दिए। नेपालको शिक्षा नीति र पाठ्यक्रम परिवर्तन गरेर लाग्न सकियो भने देश बनाउन सकिनेमा आफूलाई विश्वास लागेको उनले बताए।

देशमा सुशासन कमजोर भएपछि त्यसले समग्र रूपमा देशलाई नै गलत बाटोमा लैजाने उनको चिन्ता छ।
‘सुशासनलाई ठिक ठाउँमा ल्याउने प्रयास गर्दैछौं। तपाईंहरूको कोसिसले सुशासन एक दिन आउँछ। तपाईंहरू नै यो देशको भविष्य हुनुहुन्छ भन्ने हामीले बुझेका छौं। तपाईंहरूलाई विश्वास दिलाउन हामीले सुशासन दिन्छौं भन्ने हो,’ डा. कोइरालाले भने, ‘तपाईंहरूले जति कुरा गरिरहनुभएको छ। त्यो सुशासनभित्र धेरै कुरा आइरहेको हुन्छ। तपाईंहरूलाई विनम्रतापूर्वक आग्रह छ– तपाईहरू उद्यमशील बन्नतिर लाग्नुपर्‍यो, सरकारले त्यसका लागि रकम दिनुपर्‍यो। युवा स्वरोजगार भनेको छ तर पैसा दिएको छैन, यसरी देश अगाडि बढ्दैन।’
नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले देश बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताइन्। ‘यो देश तपाईं–हामी युवाले नै बनाउने हो,’ उनले भनिन्, ‘हामी युवाले नै देश नबनाए कसले बनाउने ?’

राज्यले युवा जनशक्तिलाई स्वदेशमै रहने गरी नीति बनाउनुपर्नेमा उनको जोड थियो। आफू स्नातकोत्तर तह अध्ययनका सिलसिलामा केही वर्ष विदेश जानुपरेको अनुभव उनले सुनाइन्। ‘म अध्ययनका लागि मात्रै विदेश गएकी थिएँ। अध्ययन सकेपछि तुरुन्तै फर्किएँ। नेपालमै केही गर्नुपर्छ, नेपाल बनाउनुपर्छ भनेर म फर्किएकी हुँ,’ उनले भनिन्।
नेपालमा पनि सिप र क्षमताअनुसार रोजगारी पाउने प्रशस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्। आजका युवाले कसैलाई गाली गरेर समय खेर फाल्नुभन्दा पनि आफूले केही गरेर देखाउनुपर्ने धारणा उनले राखिन्।
अर्को प्रसंगमा ज्ञवालीले विश्वमा जलवायु परिवर्तनमा देखिएको असरको सामना नेपालले पनि गरिरहेको भन्दै चिन्ता व्यक्त गरिन्। जलवायु परिवर्तनको असर एकदमै खतरनाक तरिकाले अगाडि बढिरहेको छ,’ उनले भनिन्, ‘जलवायु विपद्का कारण नेपाल अप्ठ्यारो अवस्थामा छ।’ महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ गाउँदेखि सहरसम्मका महिला उद्यमशील बनिरहेको बताइन्।

महिलाहरू ससाना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको सुनाउँदै उनले भनिन्, ‘जनघनत्वका हिसाबले महिलाहरूले अवसर त्यति पाएका त छैनन् तर सम्भावना यो देशमा एकदमै धेरै छ। महिला दिदीबहिनीले आ–आफ्नो क्षेत्रमा एकदमै राम्रोसँग आफ्नो उद्यमलाई अगाडि बढाएका छन्,’ नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशकसमेत रहेकी महासंघ अध्यक्ष ज्ञवालीले भनिन्।

महिला उद्यमीका लागि पनि आवश्यक नीति चाहिएको उनको जोड छ। ‘उहाँहरू हामी (महिला उद्यमी) लाई वित्तीय पहुँच चाहिएको छ, हामी देश बनाउन चाहन्छौं, हामी देशमै बस्न चाहन्छौं भनेर अगाडि बढ्नुभएको छ। त्यो वातावरण यी युवाहरूका आमा, दिदी, काकीहरूले बनाइरहनुभएको छ,’ उनले भनिन्। नेपालमै पर्यटन, कृषि, प्रविधिको विकास हुँदै गएकाले सम्भावना प्रशस्त मात्रामा रहेको उनले बताइन्। महिलालाई पढाइ र गराइको अवसर सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि प्रदान गर्न सक्नुपर्नेमा अध्यक्ष ज्ञवालीको जोड थियो।

‘हामीले कामका आधारमा महिलाले पनि अवसर पाउनुपर्‍यो भनेर जोड दिइरहेका छौं। महिलाहरू अलि पछाडि छन्। युवा बहिनीहरू हतोत्साहित नहुनुस्। आफ्नो कर्म नछाडौं,’ उनले भनिन्, ‘निश्चय पनि त्यो दिन आउँछ, समान अवसर र समान पहुँचमा हामी हुनेछौं।’
सबै महिला उद्यमी भएर सशक्तीकरणको बाटोमा अगाडि बढ्न सके त्यो नै सबभन्दा ठुलो सुख हुने अध्यक्ष ज्ञवालीको तर्क थियो ।
सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रशस्त सम्भावना रहेको बताए। सिद्धार्थ ग्रुपले ‘पढाइ र गराइ’ लाई सँगसँगै अगाडि बढाउने नीति अगाडि सारेको उनले प्रस्ट पारे।

‘बुहारन वाइल्डरनेस क्याम्प’का संस्थापक निर्देशक मनोज गौतमले अवसरको पहिचान गर्न सक्ने पक्कै सफल हुने बताए।
‘समस्या जति पनि छ तर अवसरको पहिचान गर्न सक्नुपर्छ,’ उनले भने, ‘हातहातमा दुनियाँ छ। सूचना, प्रविधि, ज्ञान, सिप हातहातमा छन्। त्यो कुरालाई पहिचान गर्न सक्नुपर्छ।’ संरक्षणका काममा आफूले बटुलेको अनुभव सुनाउँदै उनले भने, ‘मैले जंगली जनावरसँग काम गरेको छु। गिद्ध संरक्षणदेखि लिएर थुप्रै समुदायसँग काम गरेको छु। विकास भएन भनेर हामी कराइरहेका छौं तर संरक्षण र विकास ठिक उल्टा कुरा हुन्।’

नेपालमा २३ प्रतिशतभन्दा बढी भूभाग संरक्षित क्षेत्र रहेको गौतमले सुनाए। उनले भने, ‘नीति खुकुलो नहुँदा संरक्षण दुरुपयोग हुने डरले सदुपयोग गर्नबाट हामी डराइरहेको अवस्था छ। समुदायहरू संरक्षणका नाममा पीडित छन्। संरक्षण भनेको जंगली जनावर र जंगलसँग मात्र सम्बन्धित छ भन्ने भाष्य बन्यो। समुदायलाई वर्जित गर्ने काम भयो।’