☰ open Loading... 28 February 2025|  

आठविसमा पालिका स्तरिय गोष्ठी
पश्चिम नेपाल   | १३ फाल्गुन २०८१, मंगलवार १५:३३

दैलेखको आठविस नगर पालिकामा पालिका स्तरिय स्वास्थ्य क्षेत्रको बार्षिक बजेट तथा योजना तर्जुमा सम्बन्धि दुई दिने कार्यक्रम गोष्ठी भएको छ ।

स्वास्थ्य क्षेत्रलाई डिजिटललाईट गर्न र स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्नका लागि आठविस नगरपालिकामा भएका सवै स्वास्थ्य संस्थाका प्रमुखहरु सहभागी भई दुई दिने गोष्ठी गरिएको हो ।

नौ वटाका वडाअध्यक्ष सहित नगर प्रमुख, उपप्रमुख सरोकारवाला निकायहरु सहभागी स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताए । एभरेष्ट क्लवको सहजीकरणमा गोष्ठी भएको थियो ।नगर प्रमुख तर्क बहादुर बडुवालले आफ्नो भनाई सहित कार्यक्रम समापन गरेका थिए ।

वान् हार्ट वर्ल्डवाइड र एभरेष्ट क्लब दैलेखकाे आर्थिक तथा प्राविधिक सहयोगमा र आठबिस नगर पालिकाको आयोजनामा सञ्चालन भएको परियोजना संयोजक टेक बहादुर थापाले बताए ।