☰ open Loading... 28 February 2025|  

सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना
पश्चिम नेपाल   | १५ फाल्गुन २०८१, बिहीबार ०७:०५

आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।