☰ open Loading... 1 April 2025|  

कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै
पश्चिम नेपाल   | १५ फाल्गुन २०८१, बिहीबार १७:२७

कर्णालीमा दोस्रो कर्णाली अन्तराष्ट्रिय चलचित्र महोत्सव २०८१ हुने भएको छ । सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा महोत्सव दुई चरणमा गरेर हुने जनाईएको छ ।

महोत्सव दुई चरणमा हुने जनाईएको छ । पहिले फागुन २५ गते उद्घाटन, चलचित्र सम्वाद वीरेन्द्रनगरस्थित सुभ होटलमा र दोस्रो फागुन २६ गते दैलेखको गुरासँ गाउँपालिकामा पर्यटन तथा जलवायू समाहरोह गर्ने आयोजकले जनाएको छ ।

कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पु¥याउन महोत्सवको आयोजना महोत्सवका निर्देशक चक्र बहादुर चन्दले बताए । कर्णालीमा रहेका पर्यटकिय स्थल, धार्मीक स्थल, चलचित्रका छायाकंन स्थल, यहाँका अनगिन्ती कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतीलाई चलचित्र निर्माता, निर्देशक सम्वन्धीत ब्यक्तिहरुमा प्रचार प्रसार गर्ने उद्देश्य रहेको निर्देशक चन्दले बताए ।

कर्णालीका बारेमा महोत्सवले यहाँका कथा, भाषा, लोभलाग्दा दृश्यहरु आगामी दिनमा प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने गरेको महोत्सवका सल्लाहकार महेन्द्र मल्लले बताए ।

वैशाख ६ रारामा चलचित्र पर्यटन र जलवायु सम्बन्धी विषयगत छलफल सहीतको महोत्सव र काठमाडौंमा वैशाख २३ गते अवार्ड सहितको समापन हुने आयोजकले जनाएको छ ।