सामाजिक रुपमा रहेका विकृति र विसङ्गतीलाई हटाउन किशोरकिशोरीहरुले सन्देशमुलक सडक नाटक प्रदर्शन गरेका छन । उनिहरुले समाजमा रहेका वालविवाह, लागु औषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातिय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक प्रदर्शन गरेका हुन ।
“हतारको निर्णयले पछुतो” भन्ने सडक नाटक किशोर किशोरीले विहिवार विरेन्द्रनगर नगरपालिका वडा न.१२ नेवारे र वडा न.८ खुला मन्चको चौरमा प्रदर्शन गरेका छन । उनिहरुले सामाजिक परिवेशलाई चित्रण गर्दै जिवन्त अभिनय गरेका थिए । उनिहरुको अभिनय र कथाको मर्मवाट आकर्षित भएर अधिकान्श दर्शकहरु एकाग्र देखिएका थिए । सडक नाटकमा आवद्द कलाकार करुणा शाहीले सो नाटक आगामी दिनमा विरेन्द्रनगरका अरु ठाउमा प्रदर्शन गरिने वताईन ।
ति किशोरकिशोरी मार्फत सडक नाटक प्रदर्शनका लागि सशक्त महिला समृद्द नेपाल अभियान अन्तर्गत आवाज सस्थाद्वारा सहयोग गरिएको वुझिएको छ ।