☰ open Loading... 27 September 2025|  

सुनचाँदीको मूल्यमा भारी गिरावट
पश्चिम नेपाल   | १६ फाल्गुन २०८१, शुक्रबार १२:००

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। बिहीबार एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार दुई सय रुपैयाँ घटेको छ।

आज नेपाली बजारमा सुन एक लाख ६८ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि भारी गिरावट देखिएको छ। हिजो एक हजार ९४५ मा कारोबार भएको सुन शुक्रबार एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।