पश्चिम नेपाल | १६ फाल्गुन २०८१, शुक्रबार २१:५०
कुशे गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।
बिहीबार राति करिब १०:३० बजे कुशे गाउँपालिका-६ थर्पुभार्माबाट कुशे-३ टापुचौरतर्फ जाँदै गरेको भे १ त ८८४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा कुशे गाउँपालिका-४ का अन्दाजी ५० वर्षीय धनबहादुर दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक दिलिपकुमार बुढाक्षेत्रीले जानकारी दिए।
ट्र्याक्टर चालक कुशे गाउँपालिका-४ का १९ वर्षीय राजेन्द्र सिंहलाई इलाका प्रहरी कार्यालय अर्छानले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धानका लागि इन्स्पेक्टर सन्तोष चन्दको नेतृत्वमा जिल्लाबाट १० सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरीले जनाएको छ।