☰ open Loading... 15 March 2025|  

कर्णालीबाट ३८ हजार विद्यार्थीले एसईई दिँदै
पश्चिम नेपाल   | १८ फाल्गुन २०८१, आईतवार १७:१३

आगामी चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशबाट करिब ३८ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्।

प्रदेश शिक्षा निर्देशनालय सुर्खेतले आइतबार आयोजना गरेको परीक्षा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिएको हो।

कर्णालीमा यस वर्ष जम्मा ३७ हजार ९ सय ११ जना विद्यार्थी सहभागी हुँदैछन्। जसका लागि कर्णालीमा १ सय ८० परीक्षा केन्द्र छनोट भई सबै केन्द्रमा उत्तरपुस्तिकाहरू पुगाउने काम भइरहेको छ।