सुर्खेत। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका नेताहरु भिखारी जस्ताे अन्य देशसँग भिख मागिरहेकाे बताएका छन्।
अन्य देशसँग भिख माग्दाकाे परिणाम युक्रेनजस्तै हुने उनकाे भनाइ छ ।
‘गफ चुट्ने नेताबाट रुपान्तरण सम्भव छैन,’ आइतबार वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा उनले भने, ‘विदेशीकाे भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशकाे उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्याे । याेले विदेशीकाे एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।’
कम्युनिस्ट नेताहरुमा आवारा प्रवृति हावी भएकाे बताउँदै विप्लवले उत्पादन अभियानमा जाेडिनुपर्ने बताए।
राजनीतिक आन्दाेलनलाई उत्पादन, आर्थिक क्रान्तिमा जाेड्न सकियाे भने देश चाँडै परिवर्तनको दिशामा जान सक्ने उनकाे भनाइ छ।
‘कृषि क्रान्तिलाई अगाडि बढाउन सकियाे भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छाैं,’ उनले थपे, ‘अहिले हाम्राे पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो भएकाे छ।’
राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृतिकाे अन्त्य गरिने पनि उनले बताए।
१ महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा ७ सय स्याउका विरुवा राेप्नुका साथै कालिकाेटमा भेडा फार्म उद्घाटन गरिएकाे जानकारी गराए ।
उनका अनुसार भेडा फार्ममा अहिले करिब १५० भेडाहरु रहेका छन्।
भेडा पालन ९० वटाबाट सुरु गरिएकाे हाे ।
उनले भने, ‘जनताले पनि सहयाेग गरेका छन्, धागाे, कपडा उद्याेगकाे विषयमा पनि कुरा भएकाे छ। हामी गर्छाैं।’
उत्पादन विना सुखभाेग गर्ने कुरा राम्रो नभएकाले आफैकाट सुरुवात गरिएकाे तर्क विप्लवकाे छ ।
कम्युनिस्ट एकताकाे विषयमा उनले भने, ‘समयले अग्रगामी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ, दलालहरुले पुर्याउने युक्रेन जस्तै हाे । नेपाललाई हामीले रुपान्तरण गर्न सकिन्छ । त्यसमा लागि कम्युनिस्ट मुभमेन्टलाई एकता आवश्यक छ।’