पश्चिम नेपाल | १९ फाल्गुन २०८१, सोमबार १८:०२
सुर्खेतको भेरीगंगा नगरपालिका- ९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ ।
भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको पारिवारिक स्रोतले जानकारी दियो ।
क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा थिए । पारिवारिक स्रोतका अनुसार उनको मिर्गौलामा पनि समस्या थियो ।
आग्री नेपाली कांग्रेसबाट निर्वाचित बनेका थिए ।