☰ open Loading... 23 June 2025|  

डा.महेन्द्र कुमार मल्लको नक्खी लोकार्पण
पश्चिम नेपाल   | १९ फाल्गुन २०८१, सोमबार २०:३४

डा.महेन्द्र कुमार मल्लको नक्खी लोकार्पण गरिएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरि डा. मल्लको नक्खी नामक साङ्गीतिक प्रस्तुती सार्वजनिक गरिएको हो ।

मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको आयोजनामा गित लोकार्पणसहित कविता, गजलसहित बाचन गरिएको थियो ।

नक्खी (आख्यानको साङ्गीतिक पूर्वाभास) को लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्व मुख्य न्याधिवक्ता धुव कुमार श्रेष्ठ, कार्यक्रमको अध्यक्षता धिरेन अनुपमले गरेका थिए भने कार्यक्रममा डा. नमराज केसीको कविता बाचनसहित सकिएको थियो । कार्यक्रम सञ्चालन गजलकार महेन्द्र चन्द महासागरमा गरेका थिए ।

गित महेन्द्र कुमार मल्ल यूटुव च्यानलमा हेर्न सकिनेछ । शब्द र निर्माण डा.महेन्द्र कुमार मल्लले गरेको उक्त गितको गायिका अनु चौधरी र शिव सङ्गीत गरेका थिए । गित माया प्रेमसंग सम्वन्धीत रहेको छ ।