नेकपा एमालेले सुरु गरेको वडा केन्द्रित जरा अभियानको अवसरमा माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिएको छ । नेकपा एमाले आठबिस नगर कमिटिले १३ वटा विद्यालयहरु सहभागी गराएर हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
जसमा प्रथम पशुपति माध्यामिक विद्यालय छेपाडी प्रथम, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय निमायल दोस्रो, र कालिका मावी तिलेपाटा तृतीय र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कुमलखाडा सान्तना भएका छन् । उनीहरुलाई प्रमाणपत्रसहित पुरस्कार दिईएको पाटीका नगर अध्यक्ष अमर बहादुर माँझीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोखरेल, आठविस नगरपालिकाका प्रमुख तर्क बडुवाल, उपप्रमुख कल्पना थापा चन्द, वडा कमिटि अध्यक्ष जनक बहादुर माँझी, नगर उपाध्यक्ष हिक्मत बस्नेत लगायत स्थानीय नेता कार्यकर्ताहरु सहभागी थिए ।