☰ open Loading... 18 March 2025|  

१० लाख ग्राहक नजिक वर्ल्डलिङ्क, १० आईफोन १६ गिभअवे गर्दै
पश्चिम नेपाल   | २१ फाल्गुन २०८१, बुधबार ०७:३९

काठमाडौं । इन्टरनेट सेवा प्रदायककम्पनी वर्ल्डलिङ्क १० लाख ग्राहक नजिक पुगेको छ । योसँगै कम्पनी यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पुर्‍याउने देशकै पहिलो इन्टरनेट सेवाप्रदायक बन्नेछ ।

१० लाख ग्राहक पुग्न लागेको अवसरमा कम्पनीले १० ओटा आईफोन १६ गिभअवे गर्ने घोषणा गरेको छ । जसअनुसार १० जना भाग्यशाली ग्राहकले आईफोन १६ प्राप्त गर्नेछन् । आज २ मार्चदेखि ११ मार्चसम्म हरेक दिन गिभअवे गरिने बताइएको छ ।

कम्पनीका अनुसार यो गिभअवेमा कम्पनीका विद्यमान ग्राहक र नयाँ ग्राहक दुवै योग्य हुनेछन् ।