पश्चिम नेपाल | २१ फाल्गुन २०८१, बुधबार ०८:१०
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह शुक्रवार हुने भएको छ ।
दीक्षान्त समारोहमा ३ हजार ८४१ जना विद्यार्थी दीक्षित हुने ग्र्याजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सका डीन सह प्रा. डा. लीलाधर तिवारीले जानकारी दिए ।
दीक्षान्त समारोहबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डीन तिवारीले स्नातक तहमा २ हजार १८९, स्नातकोत्तरमा १ हजार ६३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुन लागेको बताए ।
उनका अनुसार सन् २०२२, २०२३ र २०२४ मा पास आउट भएका स्नातकबाट ३ हजार ८४१ जना दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा सहभागी हुन ८ सय ८५ जनाले मात्र फाराम भरेका थिए ।