☰ open Loading... 17 March 2025|  

लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया
पश्चिम नेपाल   | २२ फाल्गुन २०८१, बिहीबार ०६:५३

दैलेख –लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया गरिएको छ ।सोसेक नेपालको समन्वय नारायण नगरपालिका आयोजनामा लैङ्गिक हिंसाको अवस्था र हिंसा रोकथाम तथा न्युनिकरणका उपायका विषयमा सरोकारवाला निकायहरुसंग छलफल तथा अभिमुखीकरा कार्यक्रम संचालन गरिएको हो ।

लैङ्गिक हिंसामा परेका पिडितको क्षमता विकास,सचेतना जगाउने, लैङ्गिक हिंसाका घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यक्रम आयोजन गरिएको नारायण नगरपालिका  दैलेखका महिला तथा बालबालिका शाखा प्रमुख गीता बुढाले बताइन् । कार्यक्रममा महिला हिंसा कसरी हुन्छ त्यसको कानुनी उपचार कसरी गर्ने,रोकथाम र न्युनीकरणमा कसरी लाग्ने भन्ने बिषयमा छलफल गरेको समेत उनले जानकारी दिइन् ।

यस्तै नाराय नगरपालिका दैलेखका उपप्रमुख तप्ता कुमारी थापाले महिलाहरुलाई लैंगिक सवाल, महिला माथि हुने विभेद तथा असमानता, अधिकार प्राप्तीका लागि सबैले आवाज उठानुपर्ने बताइन् ।उनले लैङ्गिक हिंसाको न्यूनीकरण गर्न चेतनाको विकास गरी हरेक जनस्तरमा जागरुकता फैलाउन आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, बिभिन्न सघं संस्थाका प्रतिनिधि,सुरक्षा निकाय ,नारायण नगरपालिकाका कर्मचारी लगायले लैंगिक हिंसा न्यूनिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।