☰ open Loading... 16 March 2025|  

कर्णालीमा प्रहरीको चुनौती : लागुऔषध र करणी
पश्चिम नेपाल   | २३ फाल्गुन २०८१, शुक्रबार ११:४९

कर्णाली प्रदेशमा प्रहरीलाई लागुऔषध कारोबार चुनौतीको विषय बनेको छ। प्रदेश स्तरिय प्रहरी प्रमुखहरूको वीरेन्द्रनगरमा भएको कार्यक्रममा लागुऔषध र जबरजस्ती करणीको घटनाहरू चुनौती विषय बनेको हो।

पछिल्ला वर्षहरूमा कर्णालीमा लागुऔषध ओसारपोसार र प्रयोगकर्ताहरू बढेको कारण सुरक्षा निकायलाई चुनौती थपिएको हो। प्रहरीको प्रदेशभरका जिल्ला प्रमुखहरूले आफ्नो जिल्लाका सुरक्षा चुनौती र घटनाक्रमहरूको अवस्थाबारे प्रस्तुत गरेका थिए।

प्रहरी प्रमुखहरूको बैठकले लागुऔषध नियन्त्रणका लागि संवेदनशील भएर लाग्नुपर्ने निचोड निकालेको थियो। उनीहरू लागुऔषधसंगै जबरजस्ती करणीका घटनाहरू बढेको जनाएका थिए।

कर्णाली प्रदेशभरीबाट जिल्लाका प्रहरी प्रमुखहरू, जिल्लामा मुद्दा हेर्ने प्रमुख, मुद्दा चल्ने ईलाका प्रहरी कार्यालयका प्रमुखहरू सहभागी थिए। त्यस्तै कार्यक्रममा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी कुवेर कडायत सहभागी रहेका छन्। उनीहरूले लागुऔषध नियन्त्रणका लागि सुरक्षा कार्ययोजना अनुसार काम गर्ने छन्।