पश्चिम नेपाल | २३ फाल्गुन २०८१, शुक्रबार १९:०४
प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पपछि बाँडिएको अस्थायी आवास निर्माणको रकममा अनियमितता भएको खुलासा गरेका छन् । शुक्रबार कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्केका वास्तविक संरचनाभन्दा बढीलाई अस्थायी आवासको रकम बाँडिएको बताएका हुन् ।
झण्डै ३६ हजार घरधुरी भएको ठाउँमा ४८ हजार घरधुरीलाई किस्ता बाँडिएको खुलासा प्रधानमन्त्रीले गरेका छन् । वास्तविक अवस्था लुकाई भएको वेथितिलाई सरकारले गम्भीरतापूर्वक लिएको ओलीको भनाई छ ।
जाजरकोट भूकम्पपछिको विस्तृत क्षतिको मूल्यांकन अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थायी आवासको रकममा भएको वेथिति अध्ययन गरी तत्काल कारवाही गर्न सम्बन्धित जिल्लामा कार्यालय स्थापना गर्न लागेको जानकारी दिए ।
शुक्रबार सुर्खेतमा आयोजित कार्यक्रममा ओलीले यस्तो खुलासा गरेका हुन् ।