☰ open Loading... 17 March 2025|  

महिला दिवसमा गित गाउदै सन्देश वाड्दै
पश्चिम नेपाल   | २४ फाल्गुन २०८१, शनिबार ०७:५१

सुर्खेतको विरेन्द्रनगर नगरपालिका-११, रानिवेल टोलका दिदिवहिनीले शुक्रवार गितमार्फत हामी पनि सक्षम छौ भन्ने सन्देश वाडेका छन । उनीहरुले समुहगत रुपमा गितहरु गाएर महिलाहरुलाई कमजोर नसोच्न आह्वान पनि गरेका छन ।

प्रतिस्पर्धात्मक रुपमा ४ वटा समुहमा रहेका ती दिदिवहिनीहरुले हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्ने र त्यसका लागि सवै सरोकार व्यक्ती र निकायले साथ दिनुपर्ने आग्रह गरेका थिए । उनिहरुले गितवाट नीतिमा समेटेपनी व्यवहारमा महिलाहरुलाई नसमेटेको गुनासो प्रकट गरेका थिए । महिलाले पाएको दुख र गरिएको विभेद हटाउन पुरुषको सहयोग आवश्यक रहेको कुरा उनिहरुको गितमा जोडिएको थियो ।

सन्देशमुलक गित प्रतियोगिता नाम दिईएको सो कार्यक्रममा गित र वाजाको तालमा वालवालिकादेखी वृद्दवृद्दा समेत छमछमी नाचेका थिए ।

विश्वव्यापी रुपमा यहि मार्च ८ मा मनाउन लागिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सो कार्यक्रम सशक्त महिला, समृद्ध नेपाल अभियान अन्तर्गत आवाज सस्था र ११ न. वडा कार्यालयको संयुक्त आयोजनामा गरिएको थियो । कार्यक्रममा २ सय जना भन्दा वढिको सहभागीता रहेको थियो ।