पश्चिम नेपाल | २४ फाल्गुन २०८१, शनिबार ०७:५३
दैलेख- कारागार कार्यालय दैलेखमा फलफूल वितरण गरिएको छ । नारायण नगरपालिका दैलेखले ११५औंअन्तराष्ट्रिय महिला दिवशको अवसरमा कारागार कार्यालय दैलेखमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गरेको हो ।
कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको नारायण नगरपालिका उप प्रमुख तप्ता कुमारी थापाले बताइन्। उनले कारगारका हरेक समस्या उजागार गरि सामधान गर्न तत्पर रहेको बताइन् ।उनले नारायण नगरपालिकाले कारगारमा के के समस्या छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नगरपालिकाको तर्फबाट सक्ने सहयोग गरिने उनको भनाई छ ।
कार्यक्रममा नारायण नगरपालिका दैलेख कर्मचारी ,सोसेक नेपालका प्रतिनिधि, सुरुक्षा निकाया लगायको लगायतको उपस्थिति रहेको थियो ।