☰ open Loading... 18 March 2025|  

यतीको एकै दिन सुर्खेत र धनगढीमा परिक्षण उडान, छिटै सेवा विस्तार हुने
यज्ञराज थापा, सुर्खेत   | २४ फाल्गुन २०८१, शनिबार १५:०५

नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाईन्सले शनिबार एकै दिन सुर्खेत र धनगढि विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरेको यती एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

यती एअरलाईन्सको ९एन-एएमएन (9N-AMN) एटिआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदुरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलता पुर्वक परिक्षण उडान गरेको हो । नेपालगन्ज बिमानस्थलबाट उडेको यतीको विमान सुर्खेत बिमानस्थलमा आज दिउँसो सवा १२ वजे अवतरण गरेको थियो भने नेपालगन्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी बिमानस्थलमा अवतरण गरेको थियो । परिक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशिले उडान भरेका थिए । उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाईन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोलि साथमा रहेका थिए ।

गत फागुन २० गते मंगलवारका दिन यती एअरलाईन्सले राजविराज विमानस्थलमा पनि सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरिसकेको छ । यती एअरलाईन्सले उक्त विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परिक्षण उडान गरेको हो । हाल यी विमानस्थलहरुमा यतीले उडान गर्ने गरेको छैन परिक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने तयारी गरेको जानकारी दिएको छ ।

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउदै आफ्नो बजार हिस्सा विस्तार गर्ने उद्देश्य लिएको यती एअरलाईन्सका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराज कुमार विष्टले जानकारी दिनुभयो । विष्टले यी विमानस्थलहरुमा हुने नियमित उडान संगै यती एअरलाईन्सप्रतिको यात्रुहरुको विश्वास तथा माया अझ बढ्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले यती एअरलाईन्समा एशियन लाईफ ईन्स्योरेन्सको प्रवेश संगै आक्रामक बजार नीति लिएको र उडान सुरक्षाप्रति जिम्मेवार पुर्वक अघि बढेको कारण यात्रुहरुको विश्वास बढेकोले एअरलाईन्स पुरानै लयमा फर्किसकेको दावी गर्नु भएको छ । उहाँ अनुसार यतीमा यात्रुहरुको अकुपेन्सी ८५-९० प्रतिशत सम्म रहेको छ ।

हाल यती एअरलाईन्सले ७ वटा एटिआर ७२ विमान मार्फत नियमित रुपमा काठमाडौं,चन्द्रगढी,विराटनगर, जनकपुर,सिमरा,पोखरा,भैरहवा,नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने निकट भविष्यमा थप विमान मार्फत सेवा बिस्तार गर्न लागेको एयरलाईन्सले जानकारी दिएको छ ।