☰ open Loading... 4 November 2025|  

चीनको डिङ्ग्ये काउन्टीमा ५.९ म्याग्निच्युडको भूकम्प, धक्का नेपालसम्म
पश्चिम नेपाल   | २४ फाल्गुन २०८१, शनिबार १५:०८

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ।

शनिबार दिउँसो २:३५ मिनेटको समयमा चीनको डिङ्ग्ये काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं सहितका अन्य जिल्लामा पनि महसुस गरिएकाे थियो।

यसअघि आज बिहान मात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो।