पश्चिम नेपाल | २५ फाल्गुन २०८१, आईतवार १४:५१
दैलेख- दैलखमा विभिन्न कार्यक्रम आयोजना गरी अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा नारायण नगरपालिका -५ स्थीत महेन्द्र माविमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा गित तथा नृत्य प्रतियोगिता गरिएको हो ।
आवाज संस्थाको आयोजनामा तथा युरोपेली संघको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय निकायहरू— UNICEF, UNFPA, UNWOMEN, ILO को सहकार्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा सन्देसमुलक गित तथा नृत्य प्रतियोगिता गरिएको बताइएको छ । कार्यक्रममा बिधालय प्रधानाध्यापक धन बहादुर रोकाय .संघ संस्थाका प्रतिनिधि , बिध्यार्थीको सहभाीता रहेको थियो ।