कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ को उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो ।
महोत्सव उद्घाटन शर्त लगत्तै पहिलो चरण अन्र्तगत फिल्मसम्वन्धी विभिन्न संवादहरु भएको थियो । पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुरासँ गाउँपालिकामा दोस्रो चरण २६ गते विभिन्न कार्यक्रमहरु भई दुई चरणमा गरेर हुने जनाईएको छ ।
महोत्सवमा राजनितिक संवाद, कर्णाली चलचित्र संवाद, चलचित्रमा साहित्य गजल, कर्णाली पर्यटन संवाद, गुराँस चलचित्र पर्यटन संवाद हुनेछन् ।
संवादका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सभासद रामकुमारी झाँक्री, सभासद कुन्ती कुमारी शाही, पुर्व मुख्यमन्त्री प्रदेश सांसद जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पर्यटन मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल, चलचित्र विका बोर्डको कार्यकारी अध्यक्ष दिनेश डि.सी., अभिनेता प्रदिप खड्का, उद्योग बाणिज्य महासंघका पूव अध्यक्ष भवानी राणा, लेखक नवराज केसी लगायत सहभागी भएका छन् ।
कर्णालीमा भएका सम्भावनालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पु¥याउन महोत्सवको आयोजना महोत्सवका निर्देशक चक्र बहादुर चन्दले बताए । कर्णालीमा रहेका पर्यटकिय स्थल, धार्मीक स्थल, चलचित्रका छायाकंन स्थल, यहाँका अनगिन्ती कथा, कला, रितिरिवाज, भेषभुषा, परम्परा र भाषा संस्कृतीलाई चलचित्र निर्माता, निर्देशक सम्वन्धीत ब्यक्तिहरुमा प्रचार प्रसार गर्ने उद्देश्य रहेको निर्देशक चन्दले बताए ।
महोत्सवले कर्णालीका बारेमा यहाँका कथा, भाषा, लोभलाग्दा दृश्यहरु आगामी दिनमा प्रचारप्रसार गरी सम्भावनाको ढोका खोल्ने गरेको महोत्सवका सल्लाहकार महेन्द्र कुमार मल्लले बताए । महोत्सव उत्साहजनक रुपमा चासोका साथ चलेको र कर्णालीको सम्भावनाबारे देशविदेशमा महोत्सवले प्रचारप्रसारमा टेवा पुग्ने सल्लाहकार मल्लको भनाई छ ।