☰ open Loading... 4 November 2025|  

भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन कार्यालय स्थापना
पश्चिम नेपाल   | २५ फाल्गुन २०८१, आईतवार २२:२५

जाजरकोटको भेरी नगरपालिका–१ रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना गरिएको छ। भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प पीडितका लागि सो कार्यालय स्थापना गरिएको हो।

गृहमन्त्री रमेश लेखकले आज एक कार्यक्रमबीच उक्त कार्यालयको उद्‍घाटन गरे। गत कात्तिक १७ गते रामीडाँडा केन्द्र बिन्दु भई भूकम्प गएको थियो। कार्यालय स्थापनासँगै स्थानीयवासीमा पुनर्निर्माण हुने कुरामा विश्वास पलाएको छ। भूकम्पबाट सबैभन्दा बढी जाजरकोटमा क्षति भएको थियो। कार्यालय स्थापना भएको रिम्ना भूकम्पले धेरै क्षति गरेको ठाउँ हो।