☰ open Loading... 25 March 2025|  

विद्यालयमा पहिलो पटक खानेपानी सुविधा
पश्चिम नेपाल   | २७ फाल्गुन २०८१, मंगलवार ११:५६

सुर्खेतको भेरीगंगा नगरपालिका – २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरु महिनादिन अघिसम्म खानेपानी नहुँदा दिनभर प्यासले कक्षा कोठामा छटपटीने गर्दर्थे । पानी खानै परे १ घण्टा टाढा घर जानुपथ्र्यो । विद्यालयमा खानेपानी नहुँदा कतिपय विद्यार्थी नजिकै रहेको भेरी नदिमा तिर्खा मेटाउन समेत पुग्र्थे । तर, अहिले त्यो खानेपानीको समस्या हटेको छ । विद्यालयमै पहिलो पटक खानेपानी ल्याईएपछि समस्या हटेको हो । त्यती मात्र होईन सुविधा सम्पन्न छात्र र छात्राहरुका लागि छुट्टा÷छुट्टै शौचालय समेत बनाईएपछि विद्यार्थीहरुमा खुसी छाएको छ । उक्त विद्यालयमा १ देखि २ घण्टा टाढाबाट विद्यार्थीहरु पढ्न आउने गर्दछन् । शौचालय र खानेपानी अभावले प्रायः छात्राहरु महिनावारी भएको समयमा नजाने समस्या उस्तै थियो ।

विद्यालयदेखि टाढा टाढासम्म पनि खानेपानीका मुलहरु छैनन् । जसका कारण विद्यालयहाताभित्रै ९ लाख रकम खर्चेर बोरिङ हानेपछि शुद्ध पानी आयो । पानी आएपनि सुविधासम्पन्न शौचालय समेत बन्यो । शौचालयकै छेउमा साना ठुला विद्यार्थीहरुको पहुँच पुग्ने गरि धाराहरु समेत बनाईयो । विद्यालयमा पढ्न आउदा खानेपानी नभएर निकै गाह्रो हुने गरेकोमा अहिले त्यो समस्या समाधान भएको विद्यार्थी विनिता शाहीले बताईन् । ‘विद्यालयमा खानेपानी नहुँदा गर्मी समयमा निकै समस्या हुने गर्दर्थे ।’ विद्यार्थी विनिता शाहीले भनिन्, विद्यालयभित्रै खानेपानीको सुविधा र शौचालय बनेपछि पठनपाठनमा धेरै कुराले सहज भएको छ ।’

खानेपानीमा ९ लाख र शौचालय बनाउन १३ लाख रकम दातृ निकायको सहयोगमा खर्चिएको एकिकृत विकासका लागि कर्णाली नेटवर्कका कार्यकारी निर्देशक नारायण गिरीले बताए । ‘विद्यालयमा खानेपानीको निकै समस्या भएको नगरपालिका मार्फत खवर आएपछि आफुहरुले वल्र्डशेयर कोरियाको सहयोगमा शौचालय र खानेपानी बनाएको हो ।’ कार्यकारी निर्देशक गिरीले भने, खानेपानी र शौचालय बनेपछि विद्यार्थीहरुमा खुसी छाएको छ ।’

विद्यालय र बस्तीमा खानेपानीको निकै समस्या भएको बेला संस्थाले शौचालय र खानेपानी विद्यालयलाई हस्तान्तरण गरेर निकै राम्रो काम गरेको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए । ‘विगतमा यहाँ आउँदा प्यासले विद्यार्थीहरुको आखाँमा आशु झर्ने गरेको थियो ।’ नगर प्रमुख ढकालले भने, नगरपालिकासंगको समन्वयमा संस्थाले शौचालय र खानेपानी ब्यवस्थापन गरेर राम्रो काम गरेको छ ।’

वल्डशेयर कोरियाको आर्थिक सहयोगमा एकिकृत विकासका लागि कर्णाली नेटवर्कको सहजीकरणमा उक्त विद्यालयमा सुविधासम्पन्न शौचालय, धारा र खानेपानीको ब्यवस्थापन गरिएको हो ।