☰ open Loading... 24 June 2025|  

सुर्खेतमा राप्रपाकाे शक्ति प्रदर्शन
पश्चिम नेपाल   | २७ फाल्गुन २०८१, मंगलवार २१:३८

साेमबार मोटरसाइकल र्‍याली गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार सुर्खेतमा खबरदारी सभा गरेको छ।

वीरेन्द्रनगरस्थित पिपलचाैतारामा सडक कब्जा गरी राप्रपाले सभा गरिरहेको हो। सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष मुकुन्द श्याम गिरी, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, नेताहरू प्रकाशचन्द्र लोहनी, कुन्ती शाही लगायत सहभागी छन् ।

उनीहरूले राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलन गरिरहेका छन् ।