पश्चिम नेपाल | २८ फाल्गुन २०८१, बुधबार ११:४८
हुम्लाको रोडिकोटमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु चार जना घाइते भएका छन । माटोको ढिस्कोले पुर्दा सर्केगाड गाउँ पालिका -७ रोडिकोटकी नेत्रकला जैसी मृत्यु भएको छ । घाईते हुनेमा सर्केगाड ७ रोडिकोटकै तिर्थकला जैसी,जालकी जैसी, लक्षीमा जैसी र मन्जु जैसी घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धारका लागि नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य माननीय जीवनबहादुर शाहीले उक्त घटनमा परि घाइते भएकाहरूको हेलीमार्फत् छिटो भन्दा छिटो उद्धारको लागि प्रमुख जिल्ला अधिकारी र माननीय गृहमन्त्रीज्यूसंग समन्वय गरी रहेकाले घाइते भएकाहरूको छिटो भन्दा छिटो हेलिकोप्टर बाट उद्धार हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।