गणेश बहादुर शाही, राकम कर्णाली दैलेख | २९ फाल्गुन २०८१, बिहीबार १९:४४
दैलेखको आठबीस नगर पालिका – ३ साईगाउँमा भारतीय एम्बुलेन्स दुर्घटना भएको छ । कालिकोटबाट भारतको गुजरात जाँदै गरेको Gj 03BW 2357 नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको हो ।
एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय राकम कर्णालीका प्रमुख सुर्य बहादुर कार्कीले बताए ।
प्रहरी टोलीले घाइते चालकलाई उद्धार आधारभूत अस्पताल राकम कर्णालीमा उपचार गरिएको छ । एम्बुलेन्स सडकदेखि करिब ५० मीटर तल खसेको छ । चालकलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।