☰ open Loading... 16 March 2025|  

दैलेखमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु
पश्चिम नेपाल   | ३० फाल्गुन २०८१, शुक्रबार १३:३२

दैलेखको जिल्ला भैरबी गाउँपालिका-५ सियाला सामुदायिक वनमारुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ।

गाउँमा वर्ष दिनकाे बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर मृत्यु भएकाे स्थानीय अगुवा देबिराम आचार्यले जानकारी दिए।

रुखले च्यापिएर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए। प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको जानकारी दिए।