☰ open Loading... 17 March 2025|  

निःशुल्क स्वास्थ्य परीक्षण
पश्चिम नेपाल   | २ चैत्र २०८१, आईतवार ०६:३९

 

दैलेख –सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लु नगरपालिका – १० स्थित पञ्चकोशी वेद विद्या आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थीहरू तथा नजिकका समुदायका करिब २०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

यस्तै बैंकद्वारा करिब ५०,००० रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । उक्त कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, वडा अध्यक्ष तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूमा संलग्न रहने प्रतिबद्धता बैंक शाखाले व्यक्त गरेको छ ।