पश्चिम नेपाल | २ चैत्र २०८१, आईतवार ०७:०६
आज पनि देशका विभिन्न ठाउँको मौसम बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ ।
लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार अहिले कर्णाली प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हिमपातको पनि सम्भावना रहेको छ ।