☰ open Loading... 19 March 2025|  

एकीकृत समाजवादीको दैलेख अध्यक्षमा मयाराम अधिकारी
पश्चिम नेपाल   | २ चैत्र २०८१, आईतवार १२:२८

नेकपा एकीकृत समाजवादीको दैलेख जिल्ला अध्यक्षमा मयाराम अधिकारी निर्वाचित भएका छन्। समाजवादीको ८ औं जिल्ला अधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

तत्कालीन जिल्ला अध्यक्ष जंगबहादुर शाहीले उपनिर्वाचनमा पार्टी परित्याग गरी एमालेबाट महावु गाउँपालिका अध्यक्ष बनेका थिए । त्यसपछि सभापतिविहीन रहेको पार्टीको जिम्मेवारी अधिकारीले नै सम्हाल्दै आएका थिए ।

यस्तै अधिवेशनबाट ५१ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा जगत पन्त, राज बहादुर शाही, सचिवमा दीपक हमाल, उपसचिवमा सुरेन्द्र बहादुर शाही, मीन बहादुर बस्नेत, टीका देवी सिंह निर्वाचित भएका छन्।