☰ open Loading... 19 March 2025|  

एम्बुलेन्स दुर्घटनामा चालकको निधन
पश्चिम नेपाल   | २ चैत्र २०८१, आईतवार १३:४३

एम्बुलेन्स दुर्घटना हुँदा चालकको निधन भएको छ। उदयुरगढी गाउँपालिका ६ (साविक पञ्चावती गाविस ४) स्थायी घर भएका २४ वर्षीय आशिष राईको मोरङमा भएको दुर्घटनामा परी निधन भएको हो।

शनिबार राति पौने ११ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को १ च ४७७४ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम लोकमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका ३ मा अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परि गम्भीर घाइते भएका चालक राईको उद्धार गरी उपचारार्थ हस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा आइतबार बिहान बिराट नरसिंह हस्पीटलमा निधन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। आफन्तजन सम्पर्कमा आइसकेकाले शव पोष्टमार्टम गरी जिम्मा दिइने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए।

दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी दाहालले बताएका छन्।