☰ open Loading... 28 March 2025|  

ड्रमको डुंगा ढल्किँदा खसेर कर्णालीमा बेपत्ता युवाको शव भेटियो
पश्चिम नेपाल   | ४ चैत्र २०८१, मंगलवार १०:३८

ड्रमको डुंगामा चढेर कर्णाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका युवाको शव भेटिएको छ । सोमबार बिहान ७ बजेतिर मुगुको छारानाथ रारा नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल कालिकोटको पलाँता गाउँपालिका ९, बालुवा बजारदेखि पचालझरना गाउँपालिका–६ नानिकोट जाने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए ।

घटना घटेलगत्तै प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी कार्य भएको थियो । दिउँसो ३ बजेतिर घटना घटेको स्थानभन्दा केही तल उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई बताए ।

उनका अनुसार कर्णाली करिडोरका घाटचौर सडक खण्डमा काम गर्दै आएका उनीसहित चार जना चढेको ड्रमको डुंगा ढल्किँदा देवनाथ कर्णालीमा खसेका थिए ।