☰ open Loading... 14 September 2025|  

सुनको मूल्यमा नयाँ कीर्तिमान
पश्चिम नेपाल   | ४ चैत्र २०८१, मंगलवार ११:४४

स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन अहिलेसम्मकै उच्च एक लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ।

सोमबार सुन एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।