☰ open Loading... 25 March 2025|  

गुर्भाकोट क्याम्पसमा नेविसंघका विष्ट निर्विरोध
पश्चिम नेपाल   | ४ चैत्र २०८१, मंगलवार १५:३०

सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका मोहन विष्ट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

स्ववियु निर्वाचन समितिका अनुसार यहाँ नेपाल विद्यार्थी संघ र अनेरास्ववियूले संयुक्त उम्मेदवारी दिएका थिए । अरु सङ्गठनको उम्मेदवारी नपरेपछि दुई सङ्गठनको संयुक्त प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

गुर्भाकोट बहुमुखी क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियुका रिमबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा नेविसंघका हेमन्त भण्डारी निर्वाचित भएका छन्। सदस्यहरूमा अनेरास्ववियुका मिना वली र पुस्पा खत्री तथा नेविसंघका चेतना वली निर्वाचित भएका छन् भने समानुपातिक सदस्यमा नेविसंघका प्रमिला वली, भरत ढकाल र सविता खड्का तथा अनेरास्ववियुका चन्द्रकुमारी बुढा र यशोदा घर्ती निर्वाचित भएका छन् ।