यामराज बिष्ट दैलेख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दैलेखबाट दैलेखमा६ हजार १ सय ९६ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् । यसपटक साधारतर्पm ग्रेट वृद्धि र प्राविधिकतर्फका विद्यार्थीलाई समेत सँगै राखेर २७ वटा केन्द्रबाट सञ्चालन गरिने परीक्षामा ६ हजार १ सय ९६ जना विद्यार्थीहरू सहभागी भएका हुन् ।
दैलेखमा साधारतर्फ परीक्षामा सहभागी हुनेमा छात्र दुई हजार ९५छात्रा दुई हजार ४ सय ९जना रहेका छन् । प्राविधिक तर्फ छात्र १सय१जना छात्रा ९५ जना रहेका छन् ।ग्रेड वृद्धितर्फ छात्र६सय ६८ जना छात्रा ८ सय २८ जनाले परीक्षामा सहभागी हुने भएका छन् ।
जिल्लामा १ सय ८ सरकारी र ३ वटा संस्थागत र एउटा धार्मिक विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दैलेखका सूचना अधिकारी रतन बिष्टले जनाकारी दिए । परीक्षालाई मर्यादित बनाउन २७ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाइ अभिमुखीकरण गरिएको उनले बताए ।
परिक्षालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । परीक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली तयार गरिएको छ ।