☰ open Loading... 25 March 2025|  

कर्णालीमा अखिल क्रान्तिकारी पहिलो
पश्चिम नेपाल   | ५ चैत्र २०८१, बुधबार १२:३०

स्ववियु निर्वाचनअन्तर्गत चुनाव सम्पन्न भएका कर्णाली प्रदेशका २६ क्याम्पसमध्ये नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सबैभन्दा धेरै जीत हात पारेको छ । २६ क्याम्पसमध्ये अखिलले १२ मा जीत हात पारेको छ ।

१२ क्याम्पस जित्ने अखिल कर्णालीमा पहिलो बनेको छ । दोस्रोमा नेकपा (एमाले)निकट अनेरास्ववियु छ । अनेरास्ववियुले ८ क्याम्पसमा जीत हात पारेको छ । यस्तै, नेपाली कांग्रेस निकट नेविसंघले भने ६ स्थानमा जीत हात पारेको छ ।