☰ open Loading... 28 March 2025|  

जाजरकोटमा बाख्रा चराउन गएका डाँगीको मृत्यु
पश्चिम नेपाल   | ५ चैत्र २०८१, बुधबार १२:३६

जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ। मङ्गलबार घर नजिकैको जङ्गलमा बाख्रा चराउँदा उनी लडेर घाइते भएका थिए।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउने क्रममा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले बताए।