जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले कुशलतापूर्वक तोकिएको जिम्मेवारी अनुशासित भएर सन्तोषजनक कार्य सम्पादन गरे वापत सुर्खेतका (एसपी) खड्कालाई पुरस्कृत गरेको हो ।
विभागीय नीति निर्देशन अनुसार आफुलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट कर्तव्यनिष्ठ र अनुशासित भई सन्तोषजनक रुपमा कार्य सम्पादन गरेकाले एसपी खड्कालाई पुरस्कृत गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाए ।
प्रहरी प्रधान कार्यालयले सुर्खेतका एसपी खड्कासहित देशभरका नौ जना प्रहरी अधिकारीलाई पुस्कृत गरेको हो । एसपी योगेन्द्र सिंह थापा, एसपी भिमकिरण बोगटी, एसपी रंजितसिंह राठौर, एसपी बसुन्धरा खड्का, एसपी श्याम बहादुर खत्री, डीएसपी शिद्धराज न्यौपाने, डीएसपी चक्रबहादुर मल्ल र प्रहरी निरीक्षक विशाल मल्ललाई पुरस्कृत गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले पुरस्कृत सबै प्रहरी अधिकारीलाई कार्यालयको रेकर्डमा गनिने गरि नगदसहित सम्मान गरेको जनाएको छ ।