पश्चिम नेपाल | ५ चैत्र २०८१, बुधबार १३:२९
संघीय राजधानी काठमाडौं शान्तिनगरकी चाँदनी पराजुली सोमबार नयाँबानेश्वरको एउटा खाद्य स्टोरमा काजु, बदाम, ओखर र खजुरको मूल्यबारे जानकारी लिँदै थिइन् ।
त्यो खाद्य स्टोर सञ्चालकसँग मूल्यका विषयमा उनको निकै बेर छलफल पनि भयो । पसलेले काजुको भाउ किलोको २ हजार ६ सय रुपैयाँ रहेको बताए ।
चाँदनी एकछिन अवाक भइन् । किनकि, योभन्दा सस्तोमा उनले दसैंतिहारमै किनेकी थिइन् । दसैंतिहार भनेको काजु धेरै खपत हुने समय हो ।
‘यो त साह्रै महँगो भयो, दसैंतिहारमा त योभन्दा धेरै नै सस्तो थियो,’ चाँदनीले पसलेसँग भाउबारे प्रतिवाद गरिन्, ‘यो त सरासर ठगी हो । चाडबाडका बेला केही भाउ बढ्नु ठिकै हो, तर चाडबाड नभएका बेला यस्तरी अचाक्ली भाउ महँगो त गर्न भएन नि !’