☰ open Loading... 25 March 2025|  

उच्च मूल्यमा स्थिर रह्यो सुन
पश्चिम नेपाल   | ६ चैत्र २०८१, बिहीबार १४:२०

हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य बिहीबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि पनि प्रतितोला १ लाख ७६ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३० रुपैयाँमा झरेको छ ।