यामराज बिष्ट
दैलेख । दैलेखमा बाल अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।युनिसेफ नेपालको आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजना गरेको उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा स्थानीय बाल अधिकार समितिले के कसरी काम गर्ने काम, कर्तव्य के कस्ता छन् भनेर अभिमुखिकरण कार्यक्रममा सहभागिहरुलाई जानकारी गराईएको युनिसेफ नेपालका केशब चालिसे जानकारी दिए ।
यस्तै बालकल्याण अधिकारी गिता बुढाले बिशेष संरक्षणको आवश्यकता परेका बालबालिकालाई संरक्षण गर्नु स्थानीय बाल अधिकार समितिको महत्वपूर्ण भुमिका रहने बताइन् ।
उक्त कार्यक्रम नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ता थापाले बाल अधिकार शुनिश्चतका लागी नगरपालिकाले बिगद देखि काम गरेको बताइन् । उनले बालमैत्री शासन कार्यान्वय गर्न सबैको सहयोगको आवश्यता रहेको बताइन् । उनले बालबालिकालाई व्यवस्थापन गर्ने सवालमा नगरपालिकाले आगमी दिनमा पनि अझै काम गर्ने प्रतिद्धता जाहेर गरिन् ।
कार्यक्रममा नारायण नगपालिकाका१देखि११सम्मका वडाध्यक्ष कर्मचारी सघं संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।