☰ open Loading... 25 March 2025|  

आइतबारसम्म मौसममा बद्ली हुने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पश्चिम नेपाल   | ७ चैत्र २०८१, शुक्रबार १९:३२

आगामी तीन दिन मौसममा बद्ली भइ पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभावका कारण मौसममा बदली हुने जनाएको हो । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसममा आएको बदलीका कारण अहिले पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राति कोशी, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहने जनाएको छ । कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा भने मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । राति पनि कोशी प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो र राति कोशी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा मधेश प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतयाः सफा रहने जनाउँदै महाशाखाले कोशी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षाको रहेको बताएको छ ।