☰ open Loading... 25 March 2025|  

लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालमा छलफल
पश्चिम नेपाल   | ७ चैत्र २०८१, शुक्रबार १९:४३

सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका स्थानीय तह र सरोकारवालासंग लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालमा वीरेन्द्रनगरमा दुई दिने अन्र्तक्रिया तथा छलफल गरेको छ । स्थानीय तहका महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी, विभिन्न सरोकारवाला निकायहरुलाई सहभागी गराएर लैङ्गिक तथा यौनिक अल्पसंख्यकका सवालमा अन्र्तक्रिया गराएको हो ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विभिन्न सवाल, पहिचान र अधिकार लगायतका विषयमा सिम्रन शेरचन र करुणा नेपालले सहजीकरण गरेका थिए । कर्णालीका ९ जिल्लाका २४ स्थानीय तहमा काम गर्ने महिला तथा बालबालिका शाखाका कर्मचारीसंग सहभागी भएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाका छैटौं अधिकृत विना थापाले बताईन् ।

स्थानीय तहमा काम गर्ने कर्मचारीहरुलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यकका विषयमा जानकारी दिने उद्देश्यले शुक्रवार र शनिवार कार्यक्रम राखिएको जनाईएको छ । लगत्तै यसअघि सामाजिक बिकास मन्त्रालयले महिला तथा बालबालिका क्षेत्र हेर्ने स्थानीय तहका कर्मचारीहरुलाई ३ दिने विविध विषयमा अभिमुखिकरण गरी क्षमता विकास कार्यक्रम गराईएको थियो । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अन्र्तक्रियाको उद्घाटन गरेका थिए ।