☰ open Loading... 25 March 2025|  

आज उच्च हिमाली भेगमा हिमपात र वर्षा
पश्चिम नेपाल   | ८ चैत्र २०८१, शनिबार २०:१७

मौसममा आएको बदलीसँगै उच्च हिमाली क्षेत्रमा हिमपात हुनुका साथै तल्लो क्षेत्रमा हिउँदे वर्षा भएको छ । पर्यटकीय क्षेत्र कालिञ्चोकमा शनिबार साँझबाट हिमपात भइरहेको छ । यस्तै रोल्वालिङ क्षेत्रको बेदिङ र ना गाउँमा पनि हिमपात भएको छ । उता म्याग्दीका पर्यटकीय क्षेत्र पुनहिल, महरेडाँडा, खाेप्रा क्षेत्रमा हिमपात भएको छ ।

दोलखाको तल्लो क्षेत्रमा मकै छर्ने बेलामा हिउँदे वर्षा भएपछि किसानले राहत महसुस गरेका छन् ।

माथिल्लो क्षेत्रमा सुक्खाले आलु बारीमै डढ्न लागेको बेलामा सामान्य वर्षा भएपछि किसान उत्साहित बनेका छन् । पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपातपछि स्थमनी होटल व्यवसायी पनि उत्साहित बनेका छन् ।